एकीकृत समाजवादीमा निराशा, हतासा, अन्योल र पलायनको समस्या
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता कार्यकर्ताहरूमा निराशा, हतासा, अन्योल, पलायन र निष्क्रिय बस्ने समस्या रहेको पार्टी नेताहरूले नै स्वीकार गरेका छन् ।
महासचिव घनश्याम भुसालले जारी दोस्रो केन्द्रीय कमिटी बैठकमा पेस गरेको तात्कालिक कार्ययोजनामा दसौँ राष्ट्रिय महाधिवेशनपछि पार्टी जसरी अगाडि बढ्नु पर्थ्यो, त्यो हुन नसकेको उल्लेख गरेका छन् ।
पार्टीमा समस्या आउनुमा विभिन्न कारणहरू जिम्मेवार रहेको भुसालले खुलाएका छन् । ‘तर जेसुकै भए पनि त्यो कमजोरी नै हो । अहिले पार्टीमा अनेकौँ प्रकारका समस्या छन्’, भुसालले भनेका छन्, ‘निराशा, हतासा, अन्योल, पलायन, निष्क्रियताजस्ता प्रवृत्तिहरू देखिएका छन् ।’
भुसालले ती समस्याका कारण कतिपय नेता कार्यकर्ताले नेकपा एमालेसँग सामिप्यता खोज्ने, कतिपयले नेकपा माओवादीसँग नजिकिन खोज्ने र आमरुपमा अन्योलग्रस्त प्रवृत्तिहरू देखिएको बताएका छन् ।
पार्टी निर्माणको एउटा स्पष्ट राजनीतिक कार्ययोजनाले मात्रै यसलाई समाधान गर्न सक्ने भुसालको बुझाई छ । उनले मुलुकको राजनीतिका मुख्य समस्याहरू के हुन्, सामान्य राजनीतिक परिस्थिति कस्तो छ, चुनौती के छन्, सम्भावना के छन् र तिनको समाधान गर्ने योजनाबारे खुलाखुलस्त छलफलद्वारा पार्टी पङ्क्तिलाई एकताबद्ध नबनाए पार्टीले गति लिन नसक्ने बताएका छन् ।
‘यो तितो वास्तविकतालाई बिना हिचकिचाहट स्वीकार गरौँ र अगाडि बढौँ’, भुसालको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण