आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य आरती लामालाई बैठकस्थलबाट बाहिर निकालिएको भनेर गरिएको प्रचार झुटो भएको जनाएको छ ।
प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जारी केन्द्रीय कमिटी बैठकलाई लिएर आरती लामालाई बैठकबाट निकालियो भनेर अनावश्यक प्रचार गरेको भन्दै त्यस्तो भ्रममा नपर्न भनेका छन् ।
रातोपाटीसँग कुरा गर्दै अर्यालले भने, ‘आरती लामालाई बैठकबाट निकालियो र अध्यक्ष माधव नेपाल र लामाबिच झगडा पर्यो भनेर भएको प्रचारमा कुनै सत्यता छैन ।’
आरतीले आफ्नो कुरा राखिसकेपछि बैठकमा समय नलिई बोल्न खोज्ने केही सदस्यलाई पालोमा बोल्नुस् मात्र भनिएको अर्यालले बताए । ‘आरतीले बोलिसकेपछि अर्को सदस्यलाई बोल्दै गर्दा समय नलिएको सदस्यले बोल्न खोज्दा अध्यक्ष र महासचिवले बोलिरहेको सदस्यले बोल्नुस् अरू चुप लाग्नुस् भन्नु भएको मात्र हो’, अर्यालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण