आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य आरती लामालाई बैठकस्थलबाट बाहिर निकालिएको भनेर गरिएको प्रचार झुटो भएको जनाएको छ ।
प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जारी केन्द्रीय कमिटी बैठकलाई लिएर आरती लामालाई बैठकबाट निकालियो भनेर अनावश्यक प्रचार गरेको भन्दै त्यस्तो भ्रममा नपर्न भनेका छन् ।
रातोपाटीसँग कुरा गर्दै अर्यालले भने, ‘आरती लामालाई बैठकबाट निकालियो र अध्यक्ष माधव नेपाल र लामाबिच झगडा पर्यो भनेर भएको प्रचारमा कुनै सत्यता छैन ।’
आरतीले आफ्नो कुरा राखिसकेपछि बैठकमा समय नलिई बोल्न खोज्ने केही सदस्यलाई पालोमा बोल्नुस् मात्र भनिएको अर्यालले बताए । ‘आरतीले बोलिसकेपछि अर्को सदस्यलाई बोल्दै गर्दा समय नलिएको सदस्यले बोल्न खोज्दा अध्यक्ष र महासचिवले बोलिरहेको सदस्यले बोल्नुस् अरू चुप लाग्नुस् भन्नु भएको मात्र हो’, अर्यालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित