साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
हेटौँडा । मच्छिन्द्र क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिवार बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबलाई ३–१ गोलले हराउँदै साविक विजेतासमेत रहेको मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो ।
मच्छिन्द्रको जीतमा शिशिर लेकिले खेलको ४२ औँ मिनेटमा, समिराज थोकरले दोस्रो हाफको छैटौँ मिनेटमा र विदेशी खेलाडीले स्टेफेनले दोस्रो हाफको ४३ औँ मिनेटमा गोल गरे । थ्री स्टारका लागि विदेशी खेलाडी एलेक्स विलियम्सले खेलको पहिलो हाफको ३७ औँ मिनेटमा सुरुवाती अग्रता बनाएपनि खेलको टिमलाई हारबाट जोगाउन भने सकेनन् ।
खेलको म्यान अफ द म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । चौथो संस्करणको विजेता थ्री स्टार प्रतियोगिताबाट बाहिरिएको छ ।
विजेता टोलीले उपाधिका लागि सोमबार चर्च र्ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । अब मछिन्द्रले उपाधिका लागि सोमबार चर्च ब्वाइजसँग खेल्नेछ । शुक्रवार भएको पहिलो सेमिफाइनलमा एपीएफलाई हराउँदै चर्च ब्वाइज फाइनलमा प्रवेश गरिसकेको छ ।
उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण