राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
कैलाली । कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को सहकार्यमा भइरहेको उक्त फुटबल प्रतियोगिताको चौथो दिन हुने खेलमा कोशी प्रदेशले अनुपस्थित जनाएपछि लुम्बिनी प्रदेश सिधैँ अन्तिम चारमा पुगेको हो ।
कोशी प्रदेशको लिग विजेता बनेको र प्रेसिडेन्ट कपमा सहभागिता जनाउने भएकाले कोशीको गाईघाट फुटबल क्लबले अनुपस्थित हुने पत्राचार गरेपछि लुम्बिनी सेमिफाइनल पुगेको हो । योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।
लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले अब फाइनल प्रवेशका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा कर्णाली र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले रु पाँच लाख नगदसहित ट्रफी पाउने छ भने उपविजेताले रु दुई लाख ५० हजार नगदसहित ट्रफी मेडल पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार, उत्कृष्ट गोलरक्षक रु १५ हजार, उत्कृष्ट रक्षक रु १५ हजार, उत्कृष्ट फरवार्ड रु १५ हजार, सर्वाधिक गोलकर्ता रु १५ हजार, उदीयमान खेलाडी रु १५ हजार र फेयर प्ले टोलीलाई रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले नगद रु पाँच हजारसहित ट्रफी दिइने आयोजकले जनाएको छ । सात प्रदेशका टोलीको सहभागिता रहेको प्रतियोगिता यही फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण