कृष्णकुमारको १० बुँदामा एकीकृत समाजवादीको समीक्षा (पूर्णपाठ)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णकुमार विश्वकर्माले एमालेसँग विद्रोह गरेदेखि अहिलेसम्म पार्टीको अवस्थाबारे समीक्षा गरेका छन् । शनिबार सम्पन्न केन्द्रीय समितिको दोस्रो बैठकमा विश्वकर्माले एमालेसँगको विद्रोह, विद्रोहपछि पार्टीका समग्र सांगठानिक राजनीतिक गतिविधि, सरकारमा सहभागिता, एमसीसीको पक्षपोषण, चुनावमा गठबन्धन, पार्टीमा अवलम्बन भएको विधि पद्धतिको कार्यान्वयन, महाधिवेशन र राष्ट्रिय परिषद्को म्यान्डेट, समाजवादी मोर्चा लगायतको समीक्षा गरेका हुन् ।
१० बुँदे समीक्षाको चार नम्बर बुँदामा विश्वकर्माले भूगोलमा पार्टी खस्कँदै गएको तर माथि वामपन्थी नामकरण गरेर,कहिले वाम–लोकतान्त्रिक भनेर त कहिले आवश्यकता भन्दै जुन गठबन्धनमा भए पनि २ थान मन्त्री लिएर सहभागी भइहाल्ने प्रवृत्तिको कटाक्ष गरेका छन् ।
‘हाम्रो पार्टी कुनै पनि हालतमा सरकार बाहिर बस्न सक्दैन भन्ने मानक तयार गर्नै खालको पार्टी निर्णयहरुले हाम्रो विद्रोही–क्रान्तिकारी पहिचान सत्ता लिप्सामा टुङ्गिँदै थियो’, विश्वकर्माले भनेका छन्, ‘सडक र सङ्घर्ष भुल्दै गयौँ, सदनमा हाम्रो आवाज सुनिन छोडयो । सरकारमा गएका मन्त्रीहरू पनि खाली नाम दर्ज मात्र गर्न गए–आए । कुनै एउटा पनि सम्झन लायक काम भएन ।’
पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण