‘टग अफ वार’ प्रतियोगिताको तेस्रो संस्करण फागुन १६ गतेदेखि
काठमाडौँ । नेपाल डोरीतान संघले फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता आयोजना गर्ने भएको छ । भक्तपुरको सानोथिमीस्थित एसओएस हर्मन माइनर स्कुलमा हुने प्रतियोगितामा पुरुषतर्फ सात प्रदेश र तीन विभागीयसहित १० टोलीको सहभागिता रहने छ ।
यसैगरी, महिलातर्फ पाँच प्रदेश र तीन विभागीय गरी आठ टोलीले सहभागिता जनाउने जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष भवानीप्रसाद पौडेलले दिए । महिलातर्फ सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता रहने छैन ।
प्रतियोगितामा कूल १८ टोलीका एक सय ६२ खेलाडीले भाग लिनेछन् । प्रतियोगिताको पुरुषतर्फ विजेता टोलीले एक लाख र उपविजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । महिलातर्फको विजेता टोलीले ६० हजार र उपविजेता टोलीले ४० हजार रुपैंयाँ नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको कुल बजेट ३१ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण