बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्कुटर चोरीमा संलग्न पक्राउ

सोमबार, १२ फागुन २०८१, १९ : २३
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । काठमाडौँको तार्केश्‍वर नगरपालिका ४ माछापुच्छ्रे चोकबाट सोमबार स्कुटर चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखाको मेलुङ गाउँपालिका ४ घर भई हाल काठमाडौँको बालाजु बस्ने २५ वर्षीय कुशाङ गोले तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

बागमती प्रदेश ०२-०४२ प ८३ ०७ नम्बरको स्कुटर काठमाडौँको तार्केश्‍वर नगरपालिका ४ माछापुच्छ्रे चोकमा चलाइराखेको अवस्थामा तामाङलाई ट्राफिक प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको थियो । उक्त स्कुटर काठमाडौँको टोखा नगरपालिका ५ शिव मन्दिरबाट हराएको भनी सिता पाण्डे भुसालले  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकी थिइन् । 

नियन्त्रणमा आएका तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप