‘०८४ मा बहुमत पुर्याउँछौँ, अकुत सम्पत्तिमा बेहोस भएकाहरूलाई ब्युँझाउँछौँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै ढकालले एक जनालाई छेकेर भ्रष्टाचार विरुद्धको अभियान नछेकिने बताएका हुन् । उनले पार्टीले संसद्मा बहुमत पुर्याएको दिन अकुत कमाएर सम्पत्तिको मादकतामा मस्त रमाएर बेहोस भएकाहरूलाई ब्युँझाउने बताए ।
उनले भने, ‘यस पटक संख्या पुगेन । संख्या पुगेको दिन अकुत कमाएर सम्पत्तिको मादकतामा मस्त रमाएर बेहोस भएकाहरूलाई ब्युँझाउने छौँ । राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो । राजाको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो यो ३५ वर्षमा अनेकौँ काण्ड मच्चाएर नागरिकको रगत पसिना चुसेकाहरूको त्यो अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउँछौँ । ०८४ मा संख्या पुर्याउँछौँ । खबरदार ।’
उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण