हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
मङ्गलबार, १३ फागुन २०८१, २३ : ००
ताप्लेजुङ । ताप्लेजुङमा जारी निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
जिल्ला प्रशासन ताप्लेजुङले गत माघ ११ गते बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो ।
ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनाको समर्थन र विरोधमा उत्रिएका समूहहरूबीच झडप भएपछि प्रशासनले निषेधाज्ञा लागू गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण