काभ्रेको खानीखोलामा चिर्पट र चुप्पी प्रहारबाट दुई जना घाइते
आइतबार, १८ फागुन २०८१, २० : २२
काठमाडौँ । काभ्रेको खानीखोला गाउँपालिका–५ मा एक जना युवकले आफ्नी आमा सहित दुई जनालाई चिर्पट र चुप्पी प्रहार गरेका छन् । २८ वर्षीय विकाश भुजेलले आमा सुनमाया भुजेललाई चिर्पट प्रहार गरेका हुन् ।
उनले गाउँपालिकाको कार्यालयमा कार्यरत नगर प्रहरी ३० वर्षीय पाल्साङ लामालाई पनि चुप्पी प्रहार गरेका छन् । आक्रमणबाट दुवै जना घाइते भएका छन् । आक्रमणमा संलग्न विकाश भुजेल लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका इन्स्पेक्टर दिनेश कुँवरले रातोपाटीलाई बताए ।
सुनमायाको स्थानिय तालढुंगा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पाल्साङलाई उपचारको लागी धुलिखेल अस्पतालमा ल्याइएको इन्स्पेक्टर कुँवरले जानकारी दिए ।
आक्रमणमा संलग्न विकाश भुजेल गाउँमा राँगा काट्ने काम गर्दै आएका थिए । उनले मादक पदार्थ सेवन गरेर आक्रमण गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण