काठमाडौँ र भक्तपुरमा चोरी
सोमबार, १९ फागुन २०८१, १३ : १५

काठमाडौँ । काठमाडौँ र भक्तपुरमा आइतबार चोरी भएको छ ।
काठमाडौँ महानगरपालिका-२६ कपुरधारास्थित तार्केश्वर नगरपालिका-४ बस्ने गोरखा, गोरखा नगरपालिका(४ घर भएका ३३ वर्षीय गणेश भट्टराईको ओम बौद्धिक ज्योतिष परामर्श सेवा केन्द्रबाट ल्यापटप १ थान र नगद गरी करिब १ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको हो ।
उता भक्तपुरको भक्तपुर नगरपालिका-२ औद्योगिक क्षेत्र बस्ने कृष्ण कुमार श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी करिब ६ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री शाहद्वारा क्रिकेट टोलीकाे बिदाइ
-
कमल थापा, दिपक सिंहसहित सात जना रिहा
-
धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
जावलाखेल टू बुङ्मति : १० वर्षपछि रातो मच्छिन्द्रनाथलाई यसरी गरियो विराजमान (तस्बिरहरू)
-
डोटीमा अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू