‘प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही हुनु उचित होइन’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही हुनु उचित नभएको बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही हुनु उचित नभएको भन्दै संसद् सचिवालयसंग यस विषयमा छलफल गर्ने बताएका हुन् ।
उनले कारबाहीलाई फिर्ता गर्ने तर्फ लाग्ने धारणा राखे । घिमिरेले सञ्चारकर्मीलाई पनि मर्यादित भएर प्रश्न गर्न आग्रह गर्नुभयो । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कांग्रेस दृढतापूर्वक उभिने उनले बताए ।
त्यस्तै रास्वपा सांसद मनिष झाले प्रधानमन्त्रीलाई प्रश्न सोध्दा पत्रकारको पास निलम्बन गर्ने कामको विरोध गरे । आफ्नै विरुद्ध बोल्दा आफ्नै दलका नेतालाई कारबाही गर्ने प्रधानमन्त्री केपी ओलीले पत्रकारमाथि पनि त्यही अनुसारको व्यवहार देखाउन थालेको उनको भनाई थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको संघीय संसद् सचिवालयले दुई जना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेपछि अन्य सांसदहरूले समेत विरोध जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन