‘प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही हुनु उचित होइन’
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही हुनु उचित नभएको बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही हुनु उचित नभएको भन्दै संसद् सचिवालयसंग यस विषयमा छलफल गर्ने बताएका हुन् ।
उनले कारबाहीलाई फिर्ता गर्ने तर्फ लाग्ने धारणा राखे । घिमिरेले सञ्चारकर्मीलाई पनि मर्यादित भएर प्रश्न गर्न आग्रह गर्नुभयो । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कांग्रेस दृढतापूर्वक उभिने उनले बताए ।
त्यस्तै रास्वपा सांसद मनिष झाले प्रधानमन्त्रीलाई प्रश्न सोध्दा पत्रकारको पास निलम्बन गर्ने कामको विरोध गरे । आफ्नै विरुद्ध बोल्दा आफ्नै दलका नेतालाई कारबाही गर्ने प्रधानमन्त्री केपी ओलीले पत्रकारमाथि पनि त्यही अनुसारको व्यवहार देखाउन थालेको उनको भनाई थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको संघीय संसद् सचिवालयले दुई जना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेपछि अन्य सांसदहरूले समेत विरोध जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण