बालयौन दुरुपयोगको कसुरमा एक जना शिक्षक पक्राउ
बिहीबार, २२ फागुन २०८१, १९ : ०५
जनकपुर । आफ्नै विद्यालयका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । सप्तकोशी नगरपालिकास्थित गोवर्धन वैरागी जनता माध्यमिक विद्यालयका एक शिक्षकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको हो ।
पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका वडा नम्बर–१२ घर भई हाल सप्तकोशी नगरपालिका वडा नम्बर–२ बस्ने रमेश कुमार राउत रहेका छन् । आफ्नै विद्यालयका १६ वर्षीया किशोरीलाई यौन दुरुपयोग गरेको उजुरी परेपछि राउतलाई पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताए ।
राउत गोवर्धन विद्यालयका कम्प्युटरतर्फका करार शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका राउतलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण