बुटवल बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी
बुटवल । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर बुटवल बहुमुखी क्याम्पसमा विवाद चुलिएको छ। क्याम्पस प्रशासन र निर्वाचन समितिले अपारदर्शी रूपमा मतदाता नामावली प्रकाशन गरेको भन्दै सात विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा विरोध जनाएका हुन्।
ती सङ्गठनले मतदाता नामावलीमा ४०१ जना अवैध मतदाता समावेश गरिएको बताएका छन् । साथै स्ववियु कोषको आर्थिक पारदर्शिता नहुँदा अनियमितताको आशङ्का पैदा भएको, स्ववियु कार्यक्रमहरू एकल विद्यार्थी सङ्गठनलाई केन्द्रित गरेर सञ्चालन गरिएको र निर्वाचन समितिले मनोमानी निर्णय लिएको आरोप उनीहरूले लगाएका छन्।
यी विषयहरूमा पटक–पटक छलफल भए पनि समाधान नआएको भन्दै नेपाल विद्यार्थी सङ्घ, अखिल (समाजवादी), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), नेपाल मगर विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी बहुमत र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्।
संयुक्त विद्यार्थी सङ्गठनले निष्पक्ष निर्वाचनको माग गर्दै सहमति बिना तालाबन्दी खोल्ने प्रयास गरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन्। विद्यार्थी हकहित र शैक्षिक संस्थामा पारदर्शिता कायम गर्न आवश्यक पहल नभए थप सङ्घर्ष गर्ने उनीहरूको घोषणा छ।
विद्यार्थी सङ्गठनहरूले निष्पक्ष र पारदर्शी निर्वाचन प्रक्रिया सुनिश्चित नभए थप आन्दोलन चर्काउने चेतावनी दिएका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण