दुई वर्षमै बेलायतमा किनबेच होला ल्याबमा हुर्काइएको मासु ?
लन्डन । मानवीय खपतका लागि बेलायतमा २ वर्षभित्र ल्याबमा हुर्काइएको मासु, डेरीजन्य उत्पादन र चिनी किनबेच हुने आशा गरिएको छ । यो यसअघि अपेक्षा गरिएको भन्दा छिट्टै हो ।
त्यहाँको फुड स्ट्यान्डर्ड एजेन्सी (एफएसए) ले ल्याबमा हुर्काइएका खानेकुरालाई अनुमति दिने प्रक्रियालाई कसरी छिटो बनाउन सकिन्छ भनेर हेरिरहेको बीबीसीले बताएको छ ।
ल्याबमा कोषबाट साना केमिकल प्लान्टमा यी खानेकुरा हुर्काइन्छ । यस क्षेत्रमा बेलायती कम्पनीहरूले निकै प्रगति गरेका छन् । तर अहिलेको कठोर नियमनका कारण उनीहरू खुम्चिरहेका छन् । हाई–टेक फुड कम्पनीका विज्ञहरू र अनुसन्धानकर्ताहरूसँग मिलेर एफएसएले नयाँ नियमन बनाउने काम गरिरहेको छ ।
दुई वर्षभित्र ल्याबमा हुर्काएर बनाइएको खानेकुरालाई खपतको अनुमति दिन पूरा सुरक्षा मूल्याङ्कन पूरा गर्ने आफ्नो लक्ष्य भएको एफएसएले भनेको छ । गएको महिना बेलायतमा कारखानामा कुकुरको भोजनका लागि हुर्काइएको मासु पहिलो पटक बिक्री सुरु भएको थियो ।
२०२० मा सिंगापुर ल्याबमा तयार पारिएको मासु मानवीय खपतका लागि अनुमति दिने पहिलो देश बनेको थियो । त्यसको तीन वर्षपछि अमेरिकाले पनि यसको अनुमति दियो । गएको वर्ष मात्रै इजरायलले पनि यसको अनुमति दिएको छ । तर इटली, अमेरिकाको अल्बामा र फ्लोरिडा राज्यले यसमाथि प्रतिबन्ध लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण