पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे
वासिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्क र अमेरिकी विदेशी मन्त्री मार्को रुबियो पोल्यान्डका विदेशमन्त्रीसँग बाझेका छन् ।
यो बाझाबाझ अन्त कतै नभएर मस्ककै माइक्रोब्लगिङ वेबसाइट एक्समा भएको हो । युक्रेनमा मस्कको स्टारलिंक कम्पनीको इन्टरनेट प्रयोगको विषयमा यो झगडा भएको हो । युक्रेनमा स्टारलिंकको नेट प्रयोगको खर्च पोल्यान्डले बेहोरिरहेको छ । मस्कको स्टारलिंकको कुनै भर नभए वैकल्पिक इन्टरनेट सेवा प्रदायक खोज्नुपर्ने सिकोर्स्कीले भनेपछि मस्क उनीसँग बिच्किएका हुन् ।
स्टारलिंक भएन भने युक्रेनी सेनाको सारा फ्रन्ट लाइन ध्वस्त हुन्छ भनेर मस्कले दिएको टिप्पणीमा सिकोर्स्कीले त्यस्तो कमेन्ट गरेका थिए । ‘म साँच्चै पुटिनलाई युक्रेनसँग एकेक जनासँग भौतिक लडाइँ गर्न चुनौती दिन्छु । मेरो स्टारलिंक प्रणाली युक्रेनी सेनाको ब्याकबोन हो । मैले यसलाई बन्द गरिदिए भने तिनीहरूको सारा फ्रन्ट लाइन ध्वस्त हुनेछ ।’ रुसलाई आक्रमणकारीका रूपमा व्यवहार नगरेको अनिर युक्रेनको मात्रै आलोचना गरेको भन्दै एक्समा एक जना प्रयोगकर्ताले लगाएको आरोपमा प्रतिक्रिया दिँदै मस्कले भनेका थिए ।
युक्रेनले अन्ततः जसरी भएपछि हार्ने युद्धमा वर्षौँदेखि भइरहेको नरसंहारले आफू दिक्क भएको मस्कले भनेका थिए । युक्रेनमा स्टारलिंकका लागि पोल्यान्डको डिजिटाइजेसन मन्त्रालयले वार्षिक ५ करोड डलर तिरिरहेको अनि पीडितलाई उल्टै आक्रमणकारीको नामले धम्क्याउने हो भने स्पेस एक्सको भर पर्न नसकिने अनि आफूहरू अन्य आपूर्तिकर्ता खोज्न बाध्य हुने सिकोर्स्कीले भनेका थिए । त्यसपछि रुबियो मस्कको बचाउमा आएका थिए । कसैले पनि युक्रेनबाट स्टारलिंक काटिदिने भनेर धम्की नदिएको उनको भनाइ थियो ।
स्टारलिंक नभएको भए युक्रेनले निकै पहिला यो युद्ध हारिसकेको हुन्थ्यो अनि रुसको सीमा पोल्यान्डसँग जोडिएको हुन्थ्यो भनेर रुबियोले भनेका थिए । सिकोर्स्कीको पोस्ट पढेपछि मस्कले ‘चुप लागेर बस, फुच्चे मान्छे । तिमीहरूले खर्चको सानो हिस्सा मात्रै तिरिरहेका छौं । त्यहाँ स्टारलिंकलाई विस्थापित गर्ने कोही छैन’ भनेर पोस्ट गरेका थिए ।
युक्रेनलाई दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न बाध्य पार्न अमेरिकी वार्ताकारहरूले स्टारलिंकको सेवामा पहुँच बन्द गर्ने सम्भावनाबारे कुरा गरेको तीन नाम नखुलाइएका स्रोतलाई उद्धृत गर्दै गएको महिना रोयटर्सले समाचार छापेको थियो । पोल्यान्डका शीर्ष कूटनीतिज्ञसँग भनाभन भएको भए पनि आफूले युक्रेनलाई दिँदै आएको इन्टरनेट नकाट्ने मस्कले आइतबार मात्रै भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण