कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
सोमबार, २६ फागुन २०८१, १८ : २०

भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पौवादुङमा गाउँपालिका-६ बस्ने ४६ वर्षीय शान्त कुमार राईलाई घटनाको २४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
शान्त कुमारले २०५७ साउन १३ गते कुटपिट गर्दा गम्भीर घाइते भएका साबिक ठुलोदुम्मा गाविस-८ बस्ने विजय कुमार राईको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो । उनलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार भोजपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगमा सुरु हुँदै लोडसेडिङ ! के छ प्राधिकरणको तयारी ?
-
मोरङका अधिकांश क्याम्पसमा क्रान्तिकारी विजयी
-
नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित