कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
सोमबार, २६ फागुन २०८१, १८ : २०
भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पौवादुङमा गाउँपालिका-६ बस्ने ४६ वर्षीय शान्त कुमार राईलाई घटनाको २४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
शान्त कुमारले २०५७ साउन १३ गते कुटपिट गर्दा गम्भीर घाइते भएका साबिक ठुलोदुम्मा गाविस-८ बस्ने विजय कुमार राईको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो । उनलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार भोजपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण