वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने ६ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ‘आकर्षक तलबको प्रलोभन’ देखाएर ठग्ने ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गोरखाको आरूघाट–४ घर भएकी २४ वर्षीया सरू परियार, कञ्चनपुर घर भएका ३२ वर्षीय जेम्स राना, काठमाडौँको कीर्तिपुर घर भएका ३४ वर्षीया रेखा तुलाधार, धादिङका २७ वर्षीय रवि खनाल र ताप्लेजुङ घर भएका ललित बहादुर ईवारम छन् । ताप्लेजुङका ३३ वर्षीय दिपेश सुब्बालाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सरू परियारले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख ५० हजार असुल गरेकी हुन् । जेम्सले क्रोएसिया पठाउँछु भनेर ३ लाख र रेखाले जापान पठाइदिन्छु भनेर चार जनाबाट १३ लाख असुल गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । त्यस्तै रविले अमेरिका पठाइदिन्छु भनेर १४ लाख तथा ललित र दिपेशले ५३ लाख असुलेर फरार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण