वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने ६ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ‘आकर्षक तलबको प्रलोभन’ देखाएर ठग्ने ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गोरखाको आरूघाट–४ घर भएकी २४ वर्षीया सरू परियार, कञ्चनपुर घर भएका ३२ वर्षीय जेम्स राना, काठमाडौँको कीर्तिपुर घर भएका ३४ वर्षीया रेखा तुलाधार, धादिङका २७ वर्षीय रवि खनाल र ताप्लेजुङ घर भएका ललित बहादुर ईवारम छन् । ताप्लेजुङका ३३ वर्षीय दिपेश सुब्बालाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सरू परियारले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख ५० हजार असुल गरेकी हुन् । जेम्सले क्रोएसिया पठाउँछु भनेर ३ लाख र रेखाले जापान पठाइदिन्छु भनेर चार जनाबाट १३ लाख असुल गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । त्यस्तै रविले अमेरिका पठाइदिन्छु भनेर १४ लाख तथा ललित र दिपेशले ५३ लाख असुलेर फरार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
-
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन
-
एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची