भारतमा छिर्यो मस्कको स्पेसएक्स, हाई स्पीड इन्टरनेटका लागि एयरटेलसँग सम्झौता
नयाँ दिल्ली । खर्बपति अमेरिकी उद्योगपति एलन मस्कको स्पेसएक्स कम्पनी अन्ततः भारतमा छिरेको छ । कम्पनीले घरेलु दूरसञ्चार कम्पनी एयरटेलसँग मिलेर भारतमा स्टारलिंक हाई स्पीड इन्टरनेट ल्याउने सम्झौतामा हस्ताक्षर गरेको छ । एयरटेलले आफ्नो सामाजिक सञ्जाल खाता एक्समामा एक पोस्ट मार्फत यो जानकारी दिएको हो ।
एयरटेलको विज्ञप्ति अनुसार, ‘एयरटेलले भारतमा एयरटेलका ग्राहकहरूलाई स्टारलिंकको हाई–स्पिड इन्टरनेट सेवाहरू ल्याउन स्पेसएक्ससँग सम्झौता गरेको छ ।’ यो भारतमा हस्ताक्षर गरिएको पहिलो सम्झौता भएको तर स्पेसएक्सले भारतमा स्टारलिङ्कका सेवाहरू प्रदान गर्न आवश्यक स्वीकृति प्राप्त गरेपछि मात्र सेवा प्रवाह सुरु हुने बताइएको छ ।
सम्झौता अन्तर्गत एयरटेल र स्पेसएक्स मिलेर स्टारलिङ्कले एयरटेलको सेवाहरू कसरी सुधार गर्न सक्छ भनेर अन्वेषण गर्न मिलेर काम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यसका साथै, भारतीय बजारमा एयरटेलको अनुभवले स्पेसएक्सलाई आफ्ना ग्राहकहरू र व्यवसायहरूलाई सेवाहरू अझ बढाउन मद्दत गर्न सक्ने पनि बताइएको छ । यस सम्झौतामा विद्यालय, स्वास्थ्य केन्द्र र दुर्गम क्षेत्रहरूमा जडान प्रदान गर्ने कुरा पनि समावेश छ । यसको घोषणा केही हप्ता अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाशिंगटनमा मस्कलाई भेट्दा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण