भन्सार छलीको सामानसहित युवक पक्राउ
बुधबार, २८ फागुन २०८१, ०९ : १९
रौतहट । भन्सार छलीको विभिन्न किसिमका सामान र २ मोटरसाइकलसहित एकजना युवकलाई रौतहट स्थित प्रहरीले नियन्त्रणमा लिएको छ।
सीमावर्ती भारतीय बजारबाट भन्सार छली भित्र्याएको १ लाख ७५ हजार बराबरको मोटर पार्ट्स, कपडा किराना र विआर ३० एक्स २४०७ र विआर ०५ जेड ७२६८ नम्बरको मोटरसाइकलसहित प्रहरीले गौर नगरपालिका ४ टीकुलियाका २५ वर्षीय भोला साहलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले पक्राउ गरेको युवक भोला साहलाई आवश्यक कारबाहीको लागि मङ्गलवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
होलीको अवसर पारेर नेपाली र भारतीय तस्करहरू चोर बाटोमार्फत अवैध समान नेपाल भित्र्याउन प्रयासरत रहेको देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण