पूर्व श्रीमान् अरबाज खान सट्टेबाजीमा फसेपछि उनलाई भेट्न घर पुगिन् मलाइका
सोमबार, २१ जेठ २०७५, ०८ : ५४
अरबाज खान क्रिकेट सट्टेबाजीमा फसेका छन् । पूर्व श्रीमान समस्यामा परेको देखेपछि मलाइका उनलाई भेट्न उनको घर गएको बताइएको छ । अरबाजलाई सट्टेबाजीको आरोपमा पुलिसले थानामा लगेको भन्ने थाहा पाएपछि अरबाज घर फर्किएलगत्तै मलाइका तुरुन्त उनलाई भेट्न ग्यालेक्सी अपार्टमेन्ट पुगेको टाइम्स अफ इन्डियाले बतायो ।
स्मरण रहोस्, मलाईकाले एक अन्तर्वार्तामा सम्बन्धविच्छेदको मुख्य कारण सट्टेबाजी नै भएको जानकारी दिएकी थिइन् । यता अरबाजले पनि पुलिसको सामुन्ने मलाईकासँग सट्टेबाजीका कारण नै सम्बन्ध बिग्रिएको बताएका छन् ।
अरबाजले पुलिसलाई दिएको बयान अनुसार सट्टेबाज पैसाका लागि मलाइकालाई पनि फोन गर्न थालेका थिए । यसै कारण उनीहरुबीच खटपट सुरु भयो ।
अरबाज खान र मलाईका सन् २०१६ देखि नै भिन्न बस्न थालेको बताइएको थियो । दुबैले सन् २०१७ मा सम्बन्धविच्छेद गरे ।
सट्टेबाजीको लतले बर्बाद भएका अरबाज खानः सलमानले साथ छोडे, करियर डुब्यो, श्रीमतीद्वारा सम्बन्धविच्छेद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण