नक्कली डीएसपी परे प्रहरीको फन्दामा
बुधबार, २८ फागुन २०८१, २० : ४०

काठमाडौँ । नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका-४ घर भई हाल काठमाडौँ महानगरपालिका-३ बस्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले आफू नेपाल प्रहरीको रिटायर्ड डीएसपी भएको, ईन्टरपोल सम्बन्धी काम गर्दै आएको तथा विभिन्न देशका उच्चपदस्थ मानिसहरूसँग निकट सम्बन्धसमेत रहेकोले भनेजस्तो देशमा पठाइदिने लगायतका आश्वासन दिई ७ लाख ८७ हजार रुपैयाँ ठगी गरेका थिए । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा श्रेष्ठको संलग्नता खुल्न आएकोले उनलाई पक्राउ गरेको हो ।
काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई श्रेष्ठमाथि सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
-
बिचौलिया र दलालहरूको स्वार्थमा कुलमानलाई हटाइयो- माओवादी केन्द्र
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकियो तीनकुने र भृकुटीमण्डप
-
कुलामान हटाइएको विषयले कर्णाली प्रदेश सभामा पनि पायो प्रवेश, सरकारको विरोध
-
माओवादी नेताहरूलाई प्रश्न : टीआरसीसँग कुलमान सौदाबाजी हो ?
-
गुल्मीमा प्रधानमन्त्रीको पुत्ला जलाइयो