एउटा फिल्मका लागि कति पारिश्रमिक लिन्छन् यी सात बलिउड नायिका ?
सन् २०१८ लाई बक्स अफिसमा नायिकाको वर्ष भन्दा फरक नपर्ला । यसवर्ष नायिका मुख्य भूमिकामा रहेको फिल्मले शानदार व्यापार गर्न सफल रह्यो । यी नायिकाहरुको फिल्मले त राम्रो कमाई गर्यो तर के तपाईलाई यी नायिकाले आफ्नो एउटा फिल्मका लागि कति पारिश्रमिक लिन्छन् भन्ने थाहा छ ? आज हामी तपाईंलाई बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिकाबारे जानकारी दिँदैछौं ।
१. दीपिका पादुकोणः
बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिकामा दीपिका पादुकोण शीर्ष स्थानमा पर्छिन् । दीपिका एउटा फिल्मका लागि १२ करोड भारु लिन्छिन् । यसै वर्ष रिलिज भएको दीपिकाको फिल्म ‘पद्मावत’ ले बक्स अफिसमा तीनसय करोडभन्दा बढीको कमाई गरेको थियो ।
२. प्रियंका चोपडाः
दीपिका पछि दोस्रो स्थानमा छिन् – प्रियंका चोपडा । उनले एउटा फिल्मका लागि १० करोड भारु लिन्छिन् ।
३. कंगना रनौतः
कंगना रनौत पनि एउटा फिल्मका लागि १० करोड भारु पारिश्रमिक लिने गर्छिन् । कंगना आफ्नो नयाँ फिल्म ‘मणिकर्णिका’ का लागि १० करोड थाप्दैछिन् । कंगनाले नायिकालाई दिइने कम पारिश्रमिक बारे आवाज पनि उठाउने गरेकी छिन् ।
४. आलिया भट्टः
फिल्म ‘राजी’ सफल भएपछि आलियाले पनि आफ्नो पारिश्रमिक बढाएकी छिन् । पाँच करोड भारु पारिश्रमिक लिने उनले अब आफ्नो फी ९ करोड पुर्याएकी छिन् । आलियाको फिल्म ‘राजी’ ले सय करोड क्लबमा प्रवेश पाएको थियो ।
५. कट्रिना कैफः
फिल्म ‘टाइगर जिन्दा हे’ बाहेक कट्रिना कैफका पछिल्ला फिल्मले बक्स अफिसमा आशा गरेजति व्यापार गर्न सकेको छैन । आजकाल कट्रिना एउटा फिल्मका लागि ७ करोड भारु लिने गर्छिन् ।
६. अनुष्का शर्माः
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी श्रीमती र बलिउड नायिका अनुष्का शर्मा पनि महँगो नायिकामध्येकी एक हुन् । अनुष्का एउटा फिल्मका लागि ६ करोड भारु लिने गर्छिन् ।
७. विद्या बालनः
आफ्नो उत्कृष्ट अभिनय क्षमतामार्फत दर्शकको मन मस्तिष्कमा बस्न सफल विद्या बालन एउटा फिल्मका लागि पाँच करोड भारु लिने गर्छिन् । उनको पछिल्लो फिल्म ‘तुम्हारी सुलु’ लाई दर्शकले निकै रुचाएका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण