पक्राउ परेको केही घण्टामै प्रहरी हिरासतबाट थुनुवा भागे
सिराहा । सिराहामा प्रहरी हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेका अर्नमा गाउँपालिकाका असलम मन्सुरी बिहीबार साँझ हिरासतबाट फरार भएका हुन् ।
प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा बिहीबार नै उनलाई पक्राउ गरिएको थियो । तर, केही घण्टामै उनी प्रहरी हिरासतबाट फरार भएको जिल्ला प्रहरी कार्यालयका सिरहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।
इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले उनको खोजी कार्य तीव्र रूपमा भइरहेको बताए । ‘विभिन्न स्थानमा प्रहरी परिचालन गरेर हामी खोजीमा जुटेका छौँ’, उनले भने ।
प्रहरी स्रोतका अनुसार मन्सुरीको खोजीका लागि मिर्चैया क्षेत्रका विभिन्न स्थानमा विशेष सुरक्षा चेकजाँच गरिएको छ । साथै, उनी लुक्ने सक्ने सम्भावित स्थानहरूमा प्रहरी टोली परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण