चंकी पाण्डेकी छोरी अनन्याको कार दुर्घटना
सोमबार, २१ जेठ २०७५, ११ : ५०
डेब्यू फिल्म ‘स्टुडेन्ट अफ द इयर टु’ को सुटिङका लागि देहरादुन पुगेकी नायिका अनन्या पाण्डेको दुर्घटना भएको खबर छ ।
फिल्मको फर्स्ट शेड्युलको सुटिङका लागि अनन्या आफ्ना को–स्टार टाइगर श्रोफ, तारा सुतारिया र निर्देशक पुनित मलहोत्रासँग देहरादूनमा छिन् ।
रिपोर्टलाई विश्वास गर्ने हो भने अनन्या आफ्नो फिल्मको एक सीनका लागि कार चलाइरहेका बेला उनको दुर्घटना भएको हो ।
डीएनएले आफ्नो स्रोतलाई उद्धृत गर्दै भन्यो, ‘अनन्याले एउटा सीनका लागि कार चलाउनुपर्दथ्यो । तर अचानक कार अनियन्त्रित भयो र एउटा रुखमा गएर ठोक्कियो । यद्यपी, पहिले नै सुरक्षाको प्रबन्ध मिलाइएका कारण अनन्यालाई केही पनि भएन ।’
स्टुडेन्ट अफ द इयर टु, करण जोहरको सन् २०१२ मा रिलिज भएको स्टुडेन्ट अफ द इयरको सिक्वेल हो जसमा आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्राको भुमिका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण