चुङ्गी खेल्ने विषयमा विवाद हुँदा ललितपुरमा २ किशोरमाथि चक्कु प्रहार
काठमाडौँ । ललितपुरको गोदावरीमा दुई जना किशोरमाथि चक्कु प्रहार भएको छ । गोदावरी नगरपालिका वडा नम्बर–१ स्थित गोदामचौरमा चक्कु प्रहारबाट स्थानीय विशंखुनारायण माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत दुई जना विद्यार्थी घाइते भएका छन् ।
उनीहरूको पुल्चोक स्थित सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको छ । गोरखा घर भई गोदामचौरमा बस्ने उनीहरू दाजुभाइ हुन् ।
चुङ्गी खेल्ने निहुँमा झगडा हुँदा अर्को समूहका ३ जना मिलेर चक्कु प्रहार गरेको प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र बहादुर भट्टराईले रातोपाटीलाई बताए । एक जनाको कोख र अर्का घाइतेको टाउकोमा चोट लागेको छ ।
चक्कु प्रहार गर्ने १६ वर्ष र १८ वर्षीय किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरू पनि विशंखुनारायण माध्यमिक विद्यालयमा पढ्छन् । चक्कु प्रहारमा संलग्न अर्का एकजना फरार छन् ।
सुरुमा दुई समूहको बिचमा झगडा भएको र पछि अर्का युवक आएपछि चक्कु प्रहार गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी भट्टराईले जानकारी दिए ।
आरोपी र पीडितको नाबालक भएको हुनाले प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण