सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
आइतबार, ०३ चैत २०८१, २३ : २६
वीरगञ्ज । प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिकाका वडाध्यक्ष सुनिल गुप्तालाई पक्राउ गरेको छ ।
सिमरा उपमहानगरपालिका-७ का वडध्यक्ष गुप्ताले गाउँमा उपद्रव गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका शुक्रबार राति वडाध्यक्ष गुप्ता आफ्ना समर्थकसहित स्थानीय परशुराम गिरीको घरमा पुगी ढुंगामुढा गर्न पुगेका थिए ।
उनकै नेतृत्वमा गएको समूहले गिरी र उनको परिवारका सदस्यलाई निर्घात कुटपिट पनि गरेको थियो । जसको प्रतिकारमा गिरीले बन्दुक निकालेर एक राउन्ड हवाई फायर गरेका थिए ।
त्यसपछि अध्यक्ष गुप्ता र समर्थकहरूको भागाभाग भएको थियो । यही घटना गराएको आरोपमा प्रहरीले गुप्तालाई उपद्रो नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण