समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
काठमाडौँ । चैत १५ गते समाजवादी मोर्चाले काठमाडौँमा गर्न लागिएको वृहत् विरोधसभालाई सफल बनाउन नेकपा एकीकृत समाजवादीले आन्तरिक तयारी गरेको छ । त्यसका लागि एकीकृत समाजवादीले दिउँसो २ बजे केन्द्रीय कार्यालय आलोकनगरमा काठमाडौँमा उपलब्ध स्थायी समिति सदस्यहरूको बैठक बोलाएको छ ।
चैत ५ गते बिहान ११ बजे सबै केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सचिवालय सदस्यहरूको संयुक्त बैठक बोलाएको छ ।
चैत ६ गते दिउँसो १ बजे उपत्यकाका तीनै जिल्ला समितिको संयुक्त बैठक बोलाएको छ । चैत ७ गते दिउँसो ३ बजे केन्द्रीय मोर्चा सङ्गठन, ८ गते दिउँसो ३ बजे उपत्यका प्रदेश र चैत ९ गते सम्पर्क प्रदेशको बैठक दिउँसो ३ बजे बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी गराएका छन् ।
फागुन २७ गते बसेको समाजवादी मोर्चाले प्रतिगामी राजवादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै चुनौती दिन काठमाडौँमा विरोधसभा गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण