‘शान्ति सम्झौताले युक्रेनलाई नेटोमा सहभागी बर्जित गर्नुपर्छ’
मस्को । रुस र युक्रेनबिच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न शान्ति सम्झौताको कुरा भइरहेको छ । यसैबिच शान्ति सम्झौता भयो भने युक्रेनलाई नेटको सदस्ययता दिइँदैन र युक्रेन तटस्थ रहन्छ भन्ने कुरा रुसले सुनिश्चित गर्न खोजिरहेको छ । रुसका एक उपविदेशमन्त्रीले यस्तो बताएका हुन् ।
‘आइरनक्ल्याड’ सुरक्षा प्रत्याभूति सम्झौताको हिस्सा बन्नेछ भनेर हामी माग गर्नेछौं,’ रुसी सञ्चारमाध्यम इज्भेष्टियालाई अलेक्जान्डर ग्रुश्कोले भने । युक्रेनको तटस्थता सम्झौताको हिस्सा हुनुपर्नेमा उनले जोड दिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले रुसी समकक्षीसँग कुरा गर्छु भनेकै समयमा ग्रुश्कोको यो अभिव्यक्ति आएको हो ।
सप्ताहन्तमा कयौँ काम भएको र आफूहरूले युद्धलाई अन्त्य गर्न सक्छौं कि सक्दैनौं भनेर हेर्न चाहेको आइतबार एयरफोर्स वनमा बोल्ने क्रममा ट्रम्पले भनेका थिए । रुस र युक्रेनबिच भूमिसमेत केही सम्पत्ति बाँडफाँडबारे आफूले पहिला नै छलफल गरिसकेको पनि ट्रम्पले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण