‘शान्ति सम्झौताले युक्रेनलाई नेटोमा सहभागी बर्जित गर्नुपर्छ’

मस्को । रुस र युक्रेनबिच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न शान्ति सम्झौताको कुरा भइरहेको छ । यसैबिच शान्ति सम्झौता भयो भने युक्रेनलाई नेटको सदस्ययता दिइँदैन र युक्रेन तटस्थ रहन्छ भन्ने कुरा रुसले सुनिश्चित गर्न खोजिरहेको छ । रुसका एक उपविदेशमन्त्रीले यस्तो बताएका हुन् ।
‘आइरनक्ल्याड’ सुरक्षा प्रत्याभूति सम्झौताको हिस्सा बन्नेछ भनेर हामी माग गर्नेछौं,’ रुसी सञ्चारमाध्यम इज्भेष्टियालाई अलेक्जान्डर ग्रुश्कोले भने । युक्रेनको तटस्थता सम्झौताको हिस्सा हुनुपर्नेमा उनले जोड दिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले रुसी समकक्षीसँग कुरा गर्छु भनेकै समयमा ग्रुश्कोको यो अभिव्यक्ति आएको हो ।
सप्ताहन्तमा कयौँ काम भएको र आफूहरूले युद्धलाई अन्त्य गर्न सक्छौं कि सक्दैनौं भनेर हेर्न चाहेको आइतबार एयरफोर्स वनमा बोल्ने क्रममा ट्रम्पले भनेका थिए । रुस र युक्रेनबिच भूमिसमेत केही सम्पत्ति बाँडफाँडबारे आफूले पहिला नै छलफल गरिसकेको पनि ट्रम्पले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै (यस्तो छ सम्भावित कार्यसूची)
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात
-
सुनसरीमा हिउँदे मकै उत्पादन वृद्धि
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट