गाैतमबुद्ध विमानस्थलमा साढे ७ किलो गाँजासहित एक भारतीय महिला पक्राउ
_fCGHuxt9oR.jpg)
बुटवल । भैरहवास्थित गाैतमबुद्ध विमानस्थल साँढे सात किलो गाँजा सहित एक भारतीय महिला पक्राउ परेकी छन्। प्रहरीका अनुसार भारतको महाराष्ट्र मुम्बई ठेगाना लेखाएकी ४५ वर्षीया गुलनाज बैग नामकी ती महिला थाइल्यान्डको बैंककबाट आएको थाई एयर एसियाबाट भैरहवा आएकी थिइन् ।
भैरहवाको अध्यागमनको चेकिङ सकेर बाहिर निस्किँदै गरेकी ती महिलालाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो शाखा र विमानस्थल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक जनार्दन जिसीले महिलाले छुट्टाछुट्टै पोका पारेर गाँजा लिएको अवस्थामा पक्राउ गरेको राताेपाटीलाई बताए ।
उनले पक्राउ परेकी महिलालाई बरामद भएको गाँजासहित थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जिल्लामा भर्खर ल्याएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन