प्रहरीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने महिला पक्राउ
सोमबार, ०४ चैत २०८१, २१ : ०६
सर्लाही । सर्लाहीमा एक महिलाले नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१७ की ३२ वर्षीया लक्ष्मी कुमारी महतोले हरिपूर्वा नगरपालिका–५ का शिवम कुमार यादवसँग पटक–पटक गरी कुल दुई लाख पचहत्तर हजार रुपैयाँ ठगेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पीडित यादवका दाजु सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए। जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै २०८१ साल चैत्र ३ गते महतोलाई पक्राउ गरिएको हो।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको सर्लाही प्रहरी कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण