प्रहरीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने महिला पक्राउ
सोमबार, ०४ चैत २०८१, २१ : ०६

सर्लाही । सर्लाहीमा एक महिलाले नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१७ की ३२ वर्षीया लक्ष्मी कुमारी महतोले हरिपूर्वा नगरपालिका–५ का शिवम कुमार यादवसँग पटक–पटक गरी कुल दुई लाख पचहत्तर हजार रुपैयाँ ठगेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पीडित यादवका दाजु सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए। जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै २०८१ साल चैत्र ३ गते महतोलाई पक्राउ गरिएको हो।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको सर्लाही प्रहरी कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती