परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षीबिच भेटवार्ता
मङ्गलबार, ०५ चैत २०८१, १९ : ००
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच मंगलबार भेटवार्ता भएको छ । रायसिना संवादको साइडलाइनमा नयाँ दिल्लीमा यो भेट भएको हो ।
परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँगको भेट अत्यन्तै फलदायी भएको बताएकी छन् । उनले भनेकी छन्, ‘महामहिम जयशंकर र मैले द्विपक्षीय सम्बन्धको समीक्षा गर्यौँ, विभिन्न क्षेत्रहरूमा जारी संलग्नताहरूबारे छलफल गर्यौँ र जनता–जनता र कूटनीतिक आदानप्रदान बढाउनका लागि अवसरहरू पहिचान गर्यौँ ।’
भेटमा आफूले भारतको छिमेकी पहिलो नीतिको लागि प्रशंसा व्यक्त गरेको र भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकता दिएको कुरा व्यक्त गरेको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण