आठ महिनामा ६२ अर्बको सवारी साधन आयात
काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा ६२ अर्ब २७ रुपैयाँ बराबरको सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार यो अवधिमा सबै प्रकारका गाडी समेत गरी सो बराबरको आयात भएको हो । उक्त सवारी साधन आयातबाट मात्रै सरकारले ४८ अर्ब रुपैयाँ भन्सार राजश्व सङ्कलन गरेको छ ।
यसमध्ये २ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्याक्टर, ६ अर्ब ९ करोड रुपैयाँ बराबरको बस मिनिबस, कार जिप भ्यान, ५ अर्ब ९४ करोड, अन्य सवारी साधन १६ अर्ब ६४ करोड रुपैयाँ बराबरको इलेक्ट्रिक सवारी साधन, ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रक तथा अन्य निर्माण सम्बद्ध सवारी साधन, ७ अर्ब ४८ करोड रुपैयाँ बराबरको पार्टपुर्जा, १६ अर्ब ११ करोड रुपैयाँ बराबरका मोटरसाइकल, १ अर्ब २२ करोडको साइकल तथा २ अर्ब ९० करोड बराबरको अन्य गुडाउने खालका वस्तुको आयात भएका छन् ।
यो अवधिमा सरकारले ट्याक्टर आयातबाट २६ करोड ६७ लाख रुपैयाँ, बस मिनिबस, कार जिप भ्यान लगायतमा २ अर्ब २३ करोड, अन्य सवारी साधन ११ अर्ब ३६ करोड, इलेक्ट्रिक सवारी साधनमा १० अर्ब २२ करोड, ट्रक तथा अन्य निर्माण सम्बद्ध सवारी साधनमा ३ अर्ब ७६ करोड, पार्टपुर्जा आयातमा २ अर्ब ९५ करोड, मोटरसाइकलमा १६ अर्ब १ करोड, साइकलमा २४ करोड ३० लाख र अन्य गुडाउने खालका वस्तुबाट ९८ करोड ३० लाख रुपैयाँ आयात भएका छन् ।
यो अवधिमा कुल ७ हजार ८९ वटा इलेक्ट्रिक सवारी साधन आयात भएका छन् । यसमध्ये एसेम्बल नगरिएका ५० किलोवाटसम्मका सवारी साधन ९ वटा, ५० किलोवाटसम्मका इलेक्ट्रिक २५३१ वटा, ५१ देखि १०० किलोवाटसम्मको सवारी साधन ३८७९ वटा, १०१ तथा २०० किलोवाटसम्मका ६५४ वटा, २०१ देखि ३०० किलोवाटसम्मको १४ वटा र त्योभन्दा बढी क्षमताका २ वटा सवारी साधन आयात भएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण