पाटन अस्पतालबाट भागेका थुनुवा कञ्चनपुरबाट पक्राउ
काठमाडौं । ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ परेका छ । बलात्कार मुद्दामा थुनामा रहेका दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका थिए ।
अछाम घर भएका १९ वर्षीय साउदलाई कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका साउदलाई ज्वरो आएपछि प्रहरीले चेकजाँच गर्न पाटन अस्पताल लगेको थियो । ‘शौचालय जान्छु’ भनेपछि प्रहरी कर्मचारीले हत्कडी खोलेर पठाउँदा उनि भाग्न सफल भएका थिए ।
ललितपुरको महालक्ष्मी नगरपालिका स्थित बोझेपोखरीमा अछाम घर भएका १७ वर्षीया किशोरीसँग उनि लिभिङ टुगेदरमा बस्दै आएका छन् । उनिहरुबाट एक महिनाअघि छोरी जन्मिएपछि किशोरीले जाहेरी दिएको प्रहरीले बताएको छ । साउद १७ दिनदेखी प्रहरी हिरासतमा थिए । उनलाई कञ्चनपुरबाट काठमाडौं ल्याइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण