टिभीका ‘राम’ माथि मुद्दा दर्ताः बलिउडमा काम दिलाउने नाममा लाखौं ठगेको आरोप
टिभीका ‘राम’ भनेर चिनिने अभिनेता गुरमित चौधरी र उनकी श्रीमती देबिना बेनर्जीमाथि एक व्यक्तिले ठगीको आरोप लगाएका छन् । उनीहरुविरुद्ध राजस्थानको नोखामा मुद्दा दर्ता गरिएको छ । गुरमित र उनकी श्रीमती देबिनालाई पुलिसले थाना उपस्थित हुनुपर्ने समन पठाएपछि यसबारे जानकारी भएको हो भारतीय संचार माध्यमले बताएका छन् ।
गुरमित र देबिनाले बलिउडमा काम दिलाउने भन्दै ओरोपीबाट ११ लाख भारु लिएको स्रोतले बताएको छ । यद्यपी, गुरमितले यसबारे केही टिप्पणी गर्न अस्विकार गरेका छन् । तर ट्वीटरमार्फत उनको नामको गलत प्रयोग भइरहेको जानकारी दिएका छन् ।
गुरमितले मुम्बई पुलिसमा आरोपीविरुद्ध मुद्दा दर्ता गरेका छन् । गुरमितका अनुसार उनले यस्ता कुनै पनि व्यक्ति चिन्दैनन् जसले उनको खातामा पैसा हालेका छन् । केही मानिसहरुले उनको नामको गलत फाइदा उठाइरहेको उनले आशंका व्यक्त गरेका छन् । आफ्नो मुद्दा दर्ता भइसकेपछि पनि पुलिसले कुनै पनि एक्शन नलिएको गुरमितले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
यता पुलिसले भने यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण