बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

श्रीमतीसँग अलग्गिएपछि यी नायिकालाई डेट गरिरहेछन् अर्जुन रामपाल ?

मङ्गलबार, २२ जेठ २०७५, ११ : ५०
मङ्गलबार, २२ जेठ २०७५

केही दिनअघि मात्र श्रीमतीसँग २० वर्ष लामो वैवाहिक सम्बन्ध तोडेका बलिउड नायक अर्जुन रामपालले जीवनको नयाँ अध्याय सुरु गरेको अनुमान गरिएको छ ।

केही रिपोर्टलाई मान्ने हो भने अर्जुन सर्बियन मोडल, डान्सर र नायिका नताशा स्ट्यान्कोभिकलाई डेट गरिरहेका छन् र उनीसँग अत्यधिक समय बिताइरहेका छन् ।

नताशाले अर्जुनको फिल्म ‘ड्याडी’ मा एक आइटम गीतमा डान्स गरेकी थिइन् । सूत्रका अनुसार अर्जुन र नताशा उक्त फिल्मबाटै एक अर्कासँग परिचित भएका र त्यतिबेला देखि नै लगातार सम्पर्कमा छन् । स्मरण रहोस्, विगत तीन महिनादेखि अर्जुन आफ्नी श्रीमतीसँग अलग बसिरहेका छन् । यसअघि, अर्जुन र मेहरबीचको मनमुटावको मुख्य कारण ऋतिक रोशनकी पूर्व श्रीमती सुजेन खान बताइएको थियो ।

विवाहको २० वर्षपछि अर्जुन रामपालले श्रीमतीसँग सम्बन्धविच्छेद गर्दै

को हुन् नताशाः

नताशा एक व्यवसायिक डान्सर हुन् जो ‘डिजे वाले बाबू’ मा डान्स गरेर चर्चित भएकी थिइन् । यसका साथै उनले फिल्म ‘फुकरे रिटर्न्स’ को गीत ‘मेहबूबा’ मा पनि डान्स गरेकी थिइन् । उनी रियालिटी टिभी शो ‘बिग बस’ को आठौं सिजनमा पनि भाग लिइसकेकी छिन् । साथै, नताशाले होलिडे, डिस्क्याउँ र एक्शन ज्याक्सनजस्तो फिल्ममा पनि क्यामियो रोल गरेकी छिन् ।

अर्जुन रामपालले होस्टेलको कोठामा टाँसिएको मेहेरको फोटो हेरेर श्रीमती बनाउने सोच बनाए, यस्तो थियो ‘लभ स्टोरी’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप