राप्रपा प्रवक्ताको आक्रोश : जनताको तागत नजरअन्दाज गर्नेहरूलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ?

काठमाडौँ । वर्तमान व्यवस्थालाई चुनौती दिँदै आएको दल राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनताको तागतलाई हेप्ने र नजरअन्दाज गर्नेहरूलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ? हो भन्दै प्रश्न गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विगतमा षडयन्त्रमूलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्ने काम भएको समेत दाबी गरे । यसरी राजसंस्था अन्त्य गर्न संलग्न केही व्यक्तिहरूको छटपटी केही दिन यता हेरिनसक्नुको भएको उनको भनाइ छ ।
‘०६३ वैशाख ११ गते राजा र राजनीतिक दलको सहमतिमा प्रतिनिधिसभा पुनः स्थापित भयो, सहमति हॅँदैगर्दाको आन्दोलनमा राजसंस्थाको अन्त्य गर्ने माग पनि थिएन । ०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणामा राजसंस्थाको निरन्तरता समेत स्विकार गरिएको थियो’, उनको दाबी छ ।
तर, तत्कालीन राजासँग भएको सहमति विपरीत राजसंस्थालाई पाखा लगाउने काम भएको दाबी गर्दै उनले यस कार्य कसको इसारामा भयो भन्दै प्रश्न गरे ।
०५९ मा शेरबहादुर देउवाले विघटन गरेको प्रतिनिधिसभा ०६३ मा पुनः स्थापित हुनसक्यो भने षडयन्त्रपूर्ण रूपमा पाखा लगाइएको राजसंस्था पनि पुनर्स्थापित हुनसक्ने उनले जिकिर गरे । अब इतिहासले यस विषयको हिसाब खोज्ने समेत उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको राजा राजावादी भएन, राजतन्त्रवादी भयो : गगन थापा
-
खेलकुदलाई प्रतिबन्धित औषधिको प्रयोगबाट टाढा राख्न सामूहिक प्रतिबद्धता आवश्यक
-
बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा
-
एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल
-
४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा
-
बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?