राप्रपा प्रवक्ताको आक्रोश : जनताको तागत नजरअन्दाज गर्नेहरूलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ?
काठमाडौँ । वर्तमान व्यवस्थालाई चुनौती दिँदै आएको दल राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनताको तागतलाई हेप्ने र नजरअन्दाज गर्नेहरूलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ? हो भन्दै प्रश्न गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विगतमा षडयन्त्रमूलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्ने काम भएको समेत दाबी गरे । यसरी राजसंस्था अन्त्य गर्न संलग्न केही व्यक्तिहरूको छटपटी केही दिन यता हेरिनसक्नुको भएको उनको भनाइ छ ।
‘०६३ वैशाख ११ गते राजा र राजनीतिक दलको सहमतिमा प्रतिनिधिसभा पुनः स्थापित भयो, सहमति हॅँदैगर्दाको आन्दोलनमा राजसंस्थाको अन्त्य गर्ने माग पनि थिएन । ०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणामा राजसंस्थाको निरन्तरता समेत स्विकार गरिएको थियो’, उनको दाबी छ ।
तर, तत्कालीन राजासँग भएको सहमति विपरीत राजसंस्थालाई पाखा लगाउने काम भएको दाबी गर्दै उनले यस कार्य कसको इसारामा भयो भन्दै प्रश्न गरे ।
०५९ मा शेरबहादुर देउवाले विघटन गरेको प्रतिनिधिसभा ०६३ मा पुनः स्थापित हुनसक्यो भने षडयन्त्रपूर्ण रूपमा पाखा लगाइएको राजसंस्था पनि पुनर्स्थापित हुनसक्ने उनले जिकिर गरे । अब इतिहासले यस विषयको हिसाब खोज्ने समेत उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण