ग्रिनल्यान्डले भन्यो– अमेरिकी अधिकारीको आसन्न भ्रमण ‘अति नै आक्रामक’
नूक । अमेरिकाकी द्वितीय महिला उषा भान्ससमेतका केही अधिकारीहरू ग्रिनल्यान्डको भ्रमणमा जाँदैछन् । उनीहरूको यो आसन्न भ्रमणलाई ग्रिनल्यान्डका प्रधानमन्त्रीले ‘अति नै आक्रामक’ भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई कब्जा गर्ने अभिव्यक्ति दिएयता दुई देशबिचको सम्बन्ध यसअघि कहिले नदेखिएको खराब स्तरमा ओर्लिएको छ ।
ग्रिनल्यान्डमा आयोजना हुने कुकुर दौड हेर्न र त्यहाँको संस्कृति अनि एकताको उत्सब मनाउन उषा भान्स समेतका एउटा टोली ग्रिनल्यान्ड जान लागेको ह्वाइटहाउसले विज्ञप्ति जारी गर्दै भनेको थियो । यही हप्ता राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज पनि ग्रिनल्यान्ड जाने हल्ला छ ।
यस्तोमा अमेरिकी अधिकारीहरूको आसन्न भ्रमणलाई ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट बी. एजले अति नै आक्रामक भनेका छन् । स्थानीय पत्रिका सेर्मित्सियाकसँगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् । खासगरी वाल्ट्जको भ्रमणको उनले विरोध गरेका छन् ।
‘ग्रिनल्यान्डमा राष्ट्रिय सुरक्षा सल्लाहकार किन आउँदैछन् ? यसको एउटै उद्देश्य हामीमाथि शक्ति देखाउनु हो,’ एजले भने । उनको भ्रमणको एक मात्रै उद्देश्य ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको मिशनमा अमेरिकीहरूको विश्वास बढाउने र आफूहरूमाथिको दबाब बढाउने भएको पनि उनले बताए । यही महीनाको शुरुमा कंग्रेसको अधिवेशनमा ट्रम्पले कुनै पनि तरिकाले ग्रिनल्यान्ड पाइछाड्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण