पिताबाटै बलात्कार, आमाले साथ नदिए पनि नेपाली चेलीले भारतमा पाइन् न्याय
काठमाडौँ । आफ्नै पिताबाट बलात्कृत भएकी एक नेपाली चेलीले भारतको अदालतबाट न्याय पाएकी छन् । पीडित किशोरीका पितालाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।
पीडित किशोरीका परिवार भारतको हैदरावादमा बस्दै आएको बताइएको छ । किशोरी र उनको परिवारको परिचय गोप्य राखिएपनि भारतीय सञ्चारमाध्यमले पीडित नेपाली रहेको जनाएका छन् ।
सन् २०२३ मा ती किशोरीलाई आफ्नै पिताले बलात्कार गरेका थिए । मुद्दा प्रक्रिया अघि बढाइएपछि पीडित किशोरीलाई आमाले समेत साथ नदिएको बताइएको छ ।
पोक्सो मामिलाको विशेष अदालतले किशोरीलाई हिम्मत नहारी कानुनी लडाइँ लडेकोमा ढाडससमेत दिएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार किशोरीका परिवार नेपालबाट हैदरावादमा पुगेर मजदुरी गर्दै आएको थियो । घरमा सुतिरहेको समयमा किशोरीलाई मादक पदार्थ सेवन गरेर आएका पिताले चक्कु देखाएर धम्की दिँदै बलात्कार गरेका थिए ।
आमालाई किशोरीले घटनाबारे जानकारी गराएपछि भोलिपल्ट आमाछोरी नै डोमलगुडा प्रहरी कार्यालयमा पुगेर उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो ।
मुद्दा प्रक्रिया अघि बढाइएपछि भने आमाले समेत किशोरीको साथ छाडेकी थिइन् । उनले अदालतमा आफ्नो बयान फेरेको बताइएको छ । तर, अदालतले ११ जना साक्षी, १४ प्रमाण र घटनासँग सम्बन्धित तीन विभिन्न सामग्रीका साथै पीडितकी आमाले उजुरीका समयमा दिएको बयानलाई समेत आधार मानेर आरोपितलाई दोषी ठहर गर्दै सजाय तोकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण