युवकको हत्या आरोपमा दुई जना पक्राउ
भक्तपुर । भक्तपुरमा कुटपिट गरी पुरुषको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय लक्ष्मण खड्काको हत्या आरोपमा मङ्गलवार जिल्ला प्रहरी परिसर भक्तपुरले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीन पाटन गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय अनिश तामाङ रहेका छन् । जिल्ला अदालत भक्तपुरबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद लिई उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी ढुण्डिराज नेउपानेले बताए ।
मृतक खड्कालाई उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल भक्तपुर लगिएकामा थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण