सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

हराएकी बालिकाको शव १३ दिनपछि खोला किनारमा भेटियो

मङ्गलबार, १२ चैत २०८१, १३ : ४८
मङ्गलबार, १२ चैत २०८१

सिराहा । सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरबाट गत फागुन २९ गतेदेखि हराइरहेकी एक बालिकाको आज घरनजिकै खोलामा शव फेला परेको छ । 

स्थानीय बेचन अलीको १३ वर्षिय छोरी गुलशना खातुनको शव घरदेखि पश्चिम करिब पाँच सय मिटर पर खोला किनारमा फेला परेको हो । 

स्थानीयका अनुसार शव डढेको जस्तो देखिन्छ । अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । 

बालिका स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् । उनी गत फागुन २९ गते ९ बजे घर बाहिर निस्केकी थिइन् । छोरी हराएपछि गुलशनाकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते नै खोजतलास गरी दिन भनेर निवेदन दिइन् ।

सूचना पाउनासाथ आफ्नो तर्फबाट आवश्यक खोजतलास र अनुसन्धान गरिएकोमा १३ दिनपछि आज शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी  पञ्चकुमार बाखुले बताए ।  बालिकाका पिता बेचन अलि छोरी हराउनु दुई दिन अघि मात्रै वैदेशिक रोजगारीका लागि कतारतर्फ गएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप