हराएकी बालिकाको शव १३ दिनपछि खोला किनारमा भेटियो
सिराहा । सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरबाट गत फागुन २९ गतेदेखि हराइरहेकी एक बालिकाको आज घरनजिकै खोलामा शव फेला परेको छ ।
स्थानीय बेचन अलीको १३ वर्षिय छोरी गुलशना खातुनको शव घरदेखि पश्चिम करिब पाँच सय मिटर पर खोला किनारमा फेला परेको हो ।
स्थानीयका अनुसार शव डढेको जस्तो देखिन्छ । अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
बालिका स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् । उनी गत फागुन २९ गते ९ बजे घर बाहिर निस्केकी थिइन् । छोरी हराएपछि गुलशनाकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते नै खोजतलास गरी दिन भनेर निवेदन दिइन् ।
सूचना पाउनासाथ आफ्नो तर्फबाट आवश्यक खोजतलास र अनुसन्धान गरिएकोमा १३ दिनपछि आज शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए । बालिकाका पिता बेचन अलि छोरी हराउनु दुई दिन अघि मात्रै वैदेशिक रोजगारीका लागि कतारतर्फ गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण