बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लिभ इन पार्टनरलाई निर्घात कुटेर फरार भएका नायक अरमानले मागे माफी, दिए विवाहको वचन

बुधबार, २३ जेठ २०७५, १० : ०४
बुधबार, २३ जेठ २०७५

नायक अरमान कोहलीकी लिभ इन पार्टनर निरु रंधावा मंगलबार कोकिलाबेन अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनको टाउकोमा लागेको चोटको शल्यक्रिया गरिएको छ । यता अरमान भने अझै पनि फरार छन् ।  पुलिसले उनको खोजी कार्य जारी राखेको छ ।

निरुका अनुसार झगडापश्चात् अरमान उनीसँग प्याचअप गर्न चाहन्छन् र उनलाई विवाहको बाचा पनि गरिरहेका छन् । उनी भन्छिन्, ‘अरमानले मेरो फोनमा निरन्तर मेसेज पठाएर माफी मागिरहेका छन् र दोस्रो मौका दिन अनुनय बिन्ती गरिरका छन् । उनले आफूलाई परिवर्तन गर्ने वचन पनि दिएका छन् ।’

बम्बे टाइम्सलाई दिएको अन्तर्वार्तामा निरुले आफू गत सेप्टेम्बरमा नै उनीसँग ब्रेकअप गर्न चाहेको खुलासा गरेकी छिन् । उनका अनुसार अरमानले उनीमाथि पहिलो पटक हातपात गरेका होइनन् । यसअघि पनि उनले विभिन्न समयमा निरुमाथि हात उठाउँदै आएको उनले अन्तर्वार्तामा बताएकी छिन् ।

निरु रंधावाले भनिन्, ‘अरमानले यसै वर्षको फेब्रुअरीमा ममाथि उत्पीडन गरे जसका कारण मेरो नाकमा चोट लाग्यो । उनीसँग सम्बन्ध गाँस्नु एक ठूलो गल्ती थियो । तर पनि मैले उनलाई थुप्रै पटक मौका दिएँ । मलाई मेरा साथी र आफन्तले चेतावनी दिइरहे । गत सेप्टेम्बरमा मैले उनीसँगको सबै सम्बन्ध समाप्त गर्ने निर्णय गर्दै दुबई गएँ । तर तीन महिनापछि नै अरमानले मलाई फिर्ता लिन दुबई गए ।’

उनी थप्छिन्, ‘जब मैले उनीसँग आउन अस्विकार गरें तब उनले आफू राम्रो मान्छे बन्ने भन्दै बिन्ती गर्न थाले । मैले उनलाई विश्वास गरेर दुबईको सबैकुरा छोडेर उनीसँगै आएँ । यसपटक पनि उनले पहिले झैं मलाई पटक पटक बिन्ती गरिरहेका छन् र फिर्ता आउन आग्रह गरिरहेका छन् । यहाँसम्म कि अरमानले मलाई यसैहप्ता विवाह गर्ने पनि बताइरहेका छन् । तर अब म सहन सक्दिनँ ।’

सान्ताक्रुज पुलिस थानाका सिनियर इन्स्पेक्टर शान्तनु पावरका अनुसार आइतबार बेलुका अरमानले आफ्नी पार्टनरलाई घर बोलाए, जहाँ दुबैबीच पैसाको निम्ति ठूलो बहस भयो । बहसले यति ठूलो रुपमा लियो कि अरमानले निरुमाथि हातपात गर्न थाले । यतिमात्र होइन, अरमानले निरुको टाउकोमा कुनै भारी वस्तुले हमला गरेपछि निरु सान्ताक्रुज पुलिस थाना रिपोर्ट दर्ता गर्न पुगिन् ।

अरमान आफ्नो रिसका लागि परिचित छन् । उनले रियालिटी शो बिग बसमा पनि प्रतिस्पर्धीमाथि हातपात गरेका थिए । यस्तो मोडल सोफिया हयातले अरमानलाई जेलमा हाल्नुपर्ने माग राखेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप