बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

यी मोडलसँग नाम जोडिएपछि अर्जुन रामपालले झट्पट दिए यस्तो जवाफ

बुधबार, २३ जेठ २०७५, १० : २०
बुधबार, २३ जेठ २०७५

बलिउड नायक अर्जुन रामपाल र उनकी श्रीमतीले आफ्नो २० वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याउने घोषणा गरेको केही दिन नबित्दै नायकको नाम एक मोडल तथा नायिकासँग जोडिएको थियो । अर्जुनले कुनै ढिलाई नगरी यसको झट्पट जवाफ दिएका छन् ।

अर्जुनको नाम मोडल नताशा स्टेनकोविकसँग जोडिएको हो । भारतीय समाचार एजेन्सीले नताशालाई घर बिगारेको पनि आरोप लगाएको छ । तर अर्जुनले एक ट्वीटरमा यसबारे स्पष्टिकरण दिएका छन् । उनले ट्वीट गरे, ‘केही मानिसहरु आफ्नो दिनको सुरुवात ताजा कफीले गर्दछन् भने केही अन्यले भने ताजा हलचल पैदा गर्ने लिंक अपसँग । अहिलेका लागि म र मेरो कपमात्र ।’

स्मरण रहोस् नताशाले गीत ‘डिजे वाले बाबू’ बाट बलिउडमा चर्चा पाएकी थिइन् ।  

विवाहको २० वर्षपछि अर्जुन रामपालले श्रीमतीसँग सम्बन्धविच्छेद गर्दै

अर्जुन रामपालले होस्टेलको कोठामा टाँसिएको मेहेरको फोटो हेरेर श्रीमती बनाउने सोच बनाए, यस्तो थियो ‘लभ स्टोरी’

श्रीमतीसँग अलग्गिएपछि यी नायिकालाई डेट गरिरहेछन् अर्जुन रामपाल ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप