केन्द्रीय सचिवालय बैठक
राजावादीहरूको हिंसात्मक प्रदर्शन : दोषीलाई कानुनी दायराभित्र ल्याउन रास्वपाको माग
शनिबार, १६ चैत २०८१, १३ : ४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याउन माग गरेको छ । पार्टीको शनिबार बिहान बसेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले सो निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीले भनेको छ, ‘काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा २०८१ चैत्र १५ गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने ।’
त्यस्तै बैठकले पार्टीको केन्द्रीय समिति बैठक २०८१ चैत्र १८ गते पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बोलाउने निर्णय पनि गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण