पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हास्यास्पद भएको बताएका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष थापाले महानगरपालिकाले सो पत्र फिर्ता लिनु बुद्धिमानी हुने बताएका छन् ।
उनले भनेका छन्–‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टण्ट’ भयो। मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु।’ अध्यक्ष थापाले संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न समेत महानगरपालिकालाई आग्रह गरेका छन् ।
महानगरले लेखेको पत्रको भाषा समेत अशिष्ट र अमर्यादित रहेको बताउँदै उनले भनेका छन्– ‘पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नुपर्ने थियो। पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण