अरबाज खानपछि बलिउडका यी हस्ती पनि सट्टेबाजीमा तानिए
बुधबार, २३ जेठ २०७५, १३ : १६
अरबाज खान आइपीएल सट्टेबाजीमा तानिएदेखि यसले खैलाबैला मच्चाएको छ । सट्टेबाजी मामलामा सोनू जालानलाई पक्राउ गरिसकिएको छ । उनलाई पक्राउ गरेपछि ठाणे क्राइम ब्रान्चको एन्टी एक्स्टोर्सन सेलमा बलिउडका अर्का हस्ती नाम सार्वजनिक भएको छ ।
रिपोर्टलाई मान्ने हो भने सोनू जालानले फिल्म निर्माता साजिद खानमाथि आरोप लगाउँदै उनले सन् २००८ मा खेलिएको क्रिकेट म्याचमा सट्टा लगाएको खुलासा गरेका छन् । सोनुसँग भएको सोधपुछमा पैसाको लेनदेन नभएको र त्यसपछि साजिद अमेरिका गएकोसमेत उनले जानकारी दिए । जालानका अनुसार खानले लगातार म्याचलाई निकै नजिकबाट नियाल्न निरन्तरता दिइरहेका थिए तर त्यतिबेला जालानले सट्टेबाजीको काम बन्द गरिसकेको थिए ।
बलिउड सुपरस्टार सलमान खानका भाइ अरबाज खानद्वारा सोधपुछमा आइपीएलमा सट्टेबाजीको कुरा स्विकार गरेपछि साजिद खानको नाम सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण