डान्स गरेर भाइरल भएका प्राध्यापकलाई यी नायिकाले भनिन् जोकर, प्रशंसकले यसरी गरे हमला
सोसल मिडियामा पछिल्ला केही दिनदेखि डान्सिङ अंकल नामबाट चर्चित प्राध्यापक संजिव श्रीवास्तवको भिडियो निकै भाइरल भइरहेको छ । आफ्नो डान्सका कारण रातारात चर्चित बनेका संजिवलाई बलिउड सेलिब्रिटीले पनि प्रशंसा गरिरहेका छन् । तर यसैबीच एक नायिकाले उनलाई जोकर बताएकी छिन् । डान्सिङ अंकलका प्रशंसकलाई यसबारे थाहा भएपछि उनीहरुले नायिकाको निकै आलोचना गरेका छन् ।
‘भेजा फ्राई’ की नायिका भैरवी गोस्वामीले ट्वीटरमा लेखेकी छिन्, ‘अर्को भिडियो सुट संजीव श्रीवास्तवको हो, मानिसको मागमा । भारतका अडियन्सलाई लो क्लास कन्टेन्टमात्र हेर्न मनपर्छ । भारतीयले यी जोकरलाई स्टार बनाइदिएका छन् ।’
उनको उक्त कमेन्टपश्चात् संजीवका प्रशंसकले उनलाई ट्रोल गर्न थालिहाले ।
सालीको विवाहमा डान्स गरेर इन्टरनेट सनसनी बने यी प्राध्यापक (भिडियोसहित)
एक प्रयोगकर्ताले लेखे, ‘माफ गर्नुहोस् म्याडम तर मैले तपाईंबाट यस्तो आशा गरेको थिइनँ । यदि तपाईं केही भिन्न गरिरहनु भएको छ भने त्यो लो क्लास र जोकर भयो ? अत्यन्तै खराब शब्दको चयन गर्नुभएको छ तपाईंले ।’
अर्का सोसल मिडिया प्रयोगकर्ताले लेखे, ‘के तपाईंले आफ्नो पोष्टमा आएको कमेन्ट हेर्नुभयो ? तपाईंको कुरामा कोही पनि सहमत छैनन् ।’ अर्काले लेखे, ‘हाई क्लास, मानिसहरु उनको डान्स हेरेर मनोरञ्जन लिइरहेका छन् । तपाईं कृपया आफ्नो क्लास मेन्टेन गर्नुहोस् । तिमी पनि यसरी नै भाइरल हुन चाहन्छौ तर तिमीसँग कुनै ट्यालेन्ट नै छैन ।’
प्राध्यापकको भाइरल डान्स हेरेपछि गोबिन्दाले दिए यस्तो प्रतिक्रिया
एक अन्य प्रयोगकर्ताले लेखे, ‘एक जोकरले आफ्नो डान्सिङ स्टाइलले रातारात सबैको मन जिते । तपाईंले सबैकुरा देखाउनुभयो तर फेल हुनुभयो ।’
स्मरण रहोस्, संजीव श्रीवास्तवले गोबिन्दाको फिल्मको गीत ‘आपके आ जाने से’ मा सालीको विवाहका डान्स गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण