राजनीकान्तको फिल्म ‘काला’ को प्रत्यक्ष प्रसारण गर्ने पक्राउ
रजनीकान्तको फिल्म ‘काला’ को फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गर्नेलाई पक्राउ गरिएको तमिल फिल्म प्रोड्युसर असोसिएसनका अध्यक्ष विशालले बताएका छन् ।
फिल्म काला बिहिबार भारतमा रिलिज भएको छ । यसअघि बुधबार राती सिंगापुरमा यसको फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
फिल्मको लाइभ स्ट्रिमिङ आधा भएको थियो जसबारे जानकारी पाएपछि निर्माता समूहले कडा कदम उठाएको थियो ।
पछि विशालले लाइभ स्ट्रिमिङ गर्नेलाई पक्राउ गरिएको जानकारी ट्वीटरमार्फत दिएका थिए ।
रजनीकान्तकी छोरी सौन्दर्या रजनीकान्तले शीघ्र कारवाहीका लागि धन्यवाद दिएकी छिन् ।
राजनीतिमा आएपछि रजनीकान्तको यो पहिलो फिल्म हो ।
फिल्म रिलिज हुनुअघि रजनीकान्तका प्रशंसकले केकसमेत काटेका छन् । उनीहरुले रजनीकान्तले झैं कालो सर्ट र लुंगी लगाइरहेका छनु ।
फिल्म रिलिज भएपछि थुप्रै आइटी कम्पनीले छुट्टीको घोषणासमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण