फिल्मकर्मीलाई निर्देशक समाजको सम्मान र अवार्ड
काठमाडौँ । विशिष्ट चलचित्रकर्मी नीर शाह ‘रजत जयन्ती दीर्घ साधना सम्मान २०८१’ बाट सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजद्वारा राजधानीमा आयोजित एक समारोहमा शाहलाई नगदसहित ‘रजत जयन्ती दीर्घ साधना सम्मान २०८१’ प्रदान गरेको हो ।
कार्यक्रममा शम्भु प्रधानलाई नगदसहित ‘रजत जयन्ती हिरा सिंह स्मृति सम्मान २०८१’ र निर्देशक कलाकार श्याम राई, डा. सुबोधकुमार पोखरेल र रक्षा सिंह राणालाई ‘रजत जयन्ती स्रष्टा सर्जक सम्मान २०८१’ प्रदान गरियो ।
समाजले रजत जयन्ती वर्ष मनाउन आयोजित समारोहमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, संस्थाका अध्यक्ष जनकदीप पराजुली लगायत थुप्रै कलाकर्मीको उपस्थिति थियो ।
कार्यक्रममा डाइरेक्टर अफ दी एअर २०८० को अवार्ड व्यावसायिकतर्फ गत वर्ष धेरै व्यवसाय गर्ने चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बा, कलात्मक (क्रीटिक्स) तर्फ धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा सहभागी हुने फिल्म ‘द रेड सुड्केश’ का निर्देशक फिडेल देवकोटालाई दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण