सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सोमबार, २५ चैत २०८१, १७ : ५२
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो । आजको मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको बताइएको छ ।
‘एजेन्डा त खुलाइएको छैन । तर चैत २३ गतेबाट गभर्नर पद रिक्त रहेकाले नियुक्ति गर्ने सम्भावना छ’, एक मन्त्रीले बताए ।
महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ सकिएपछि गभर्नर पद रिक्त छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण